जाडो मौसममा कपालको हेरचाह
काठमाडौँ, मङ्सिर २९ गते । जाडो मौसममा छाला, अनुहार र स्वास्थ्यसँग कपालको हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ । मानिसको सुन्दरतामा कपालको महत्वपूर्ण भूमिका हुन्छ ।
कपाल नभएका कारण कति मान्छेमा आत्मबल हुँदैन भने कतिले लाज बेहोर्नुपरेको छ । त्यसैले कपालको हेरचाहमा पनि सबैले ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ ।
चिसो मौसममा सुक्खापन आउने, चाया पर्ने, कपाल टुक्रने प्रायः धेरैले झेल्दै आएको प्रमुख समस्या हो ।
हेयर स्टाइलिस विगेन तामाङ भन्नुहुन्छ, “अझ यो मौसममा चिसोबाट जोगिन सामान्यतया स्कार्फ वा टोपी लगाइने गरिन्छ । यसले झन् हाम्रो कपाल बिग्रने गर्दछ । कपाललाई लामो समयसम्म बाँधेर, गुम्साएर राख्नाले कपालमा चिपचिपपन आउने गर्दछ ।
धेरैले चिसोबाट बच्न हिटरको प्रयोग गर्ने गर्दछन् । यसले ताप त लिन्छ नै सँगसँगै कपालमा भएको कोमलता पनि कम गरिदिने उहाँले बताउनुभयो ।
साधारणतया स्याम्पु प्रयोग गर्दा रसायन धेरै नभएको स्याम्पुको प्रयोग गर्नुपर्दछ । कपाललाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नुपर्दछ । जाडो मौसममा कम्तीमा हप्तामा दुई पटक तातो तेलले कपाल मसाज गर्नुपर्छ ।
जाडो मौसममा साताको दुई पटक जैतुन, बदाम र तिलको तेल मिसाएर यसलाई हल्का तताएर त्यसमा दुईवटा भिटामिन इ क्याप्सुल मिसाई त्यसले मसाज गरेमा कपालमा चमक आउने जानकारी दिनुभयो ।
कपाल नुहाउँदा स्याम्पु वा कन्डिसनर राम्रोसँग पखालिएन भने कपालमा चाया पर्न सक्छ । त्यसैले स्याम्पु वा कन्डिसनर राम्रोसँग पखाल्नुपर्छ । जाडो मौसममा धेरैले तातोपानीले कपाल धुने गर्छन् । त्यसो गर्दा कपाल टुक्रने, सुक्खा हुने र झर्नेछ । त्यसैले धेरै तातोपानीले कपाल धुने गर्नुहुँदैन ।
हरेक पटक नुहाएपछि कन्डिसनिङ गर्नुपर्छ । यसले कपालको चमक कायम राख्ने र बलियो बनाउने गर्छ । बजारबाट किनेको कन्डिसनर लगाउन चाहनुहुन्न भने नरिबलको पानी लगाउँदा पनि हुन्छ ।
जाडोमा टोपी लगाउने गरिन्छ । ऊनीको टोपी लगाउँदा कपाल फुस्रो हुने, चिलाउने, टुट्ने, झर्ने गर्छ । यसबाट बच्न सुतीको रुमाल अथवा कपडाले कपाललाई छोपेर त्यसमाथिबाट टोपी लगाउने गर्नुपर्छ ।
जाडोमा तातो पानीले नुहाउन मज्जा आउँछ तर तातो पानीले कपाल धुनुचाहिँ हुँदैन । तातो पानीले कपाल धुँदा कपाल फुस्रो र कमजोर हुन्छ । असाध्यै जाडोमा चिसो पानीले नुहाउँदा स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले काँडा मर्ने गरी हल्का पानी तातो गरेर कपाल धुनुपर्छ ।
कपालमा प्राकृतिक रूपमै चिल्लोपना हुन्छ, जुन कपालका लागि ज्यादै लाभदायक हुन्छ । दिनदिनै नुहाएपिच्छे कपालमा स्याम्पु दल्नाले कपालको यस्तो चिल्लोपना कम हुन्छ ।
त्यसैले जाडोमा सातामा दुई पटकभन्दा बढी कपालमा स्याम्पु लगाउनु हुँदैन । जाडो याममा हरेक १५ दिनमा कपालको स्पा गराउनु उत्तम मानिन्छ । जाडो याममा नुहाएपछि कपाल सुकाउन ड्रायरको प्रयोग ठ्याम्मै गर्नुहुँदैन । ड्रायर प्रयोग नगर्दा कपाल सुक्न समय त लाग्ला तर सुकिसकेपछि कपाल चम्किलो हुन्छ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जाडो मौसममा कपालको हेरचाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्