Techie IT
आईतबार, वैशाख ६,२०८३

स्वास्थ्यमन्त्रीले बताए : मानसिक अस्पताल राष्ट्रिय मनोस्वास्थ्य केन्द्र बन्ने


स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उक्त अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

उनले मानसिक रोगीहरूलाई समाजमा हेयभावले हेर्ने भएकाले अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रस्ताव अघि बढाइएको बताए।

मन्त्री गौतमले आगामी सरकारले मानसिक रोगीहरूको उपचारका लागि विशेष ध्यान दिन आवश्यक रहेको पनि स्पष्ट पारेकी छन्।


क्याटेगोरी : समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्