सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
काठमाडौं, २०८२ फागुन ५ – काठमाडौं उपत्यकामा हुने विभिन्न प्रकारका विरोध प्रदर्शन, बन्द–हड्ताल, मेला–पर्व, खेलकुद तथा अन्य आन्दोलनहरूको प्रभावकारी व्यवस्थापन र नियन्त्रणमा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना प्रहरी अधिकृत पुरस्कृत भएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवन कुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीलाई उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा रेकर्डमा जनिने गरी सम्मान तथा पुरस्कृत गरिएको हो। उनीहरूले भीड व्यवस्थापन, सुरक्षा समन्वय र संवेदनशील परिस्थितिमा शान्ति सुव्यवस्था कायम राख्न महत्वपूर्ण योगदान पुर्याएका थिए।
त्यसैगरी, प्रहरी वृत्त सिंहदरबार, काठमाडौंलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्ति तथा पूर्वाधार विकासमा उल्लेखनीय भूमिका खेलेको भन्दै वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई समेत पुरस्कृत गरिएको छ। उनको सक्रिय पहलमा कार्यालयको भौतिक पूर्वाधार सुदृढ हुने विश्वास लिइएको छ।
प्रहरी संगठनले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गर्दा अन्य कर्मचारीहरूको मनोबल उच्च राख्न र थप जिम्मेवारीका साथ कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। यस्तो सम्मानले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र व्यावसायिकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #janardan ghimire, #सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्