Techie IT
आईतबार, चैत्र १,२०८२

युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन


संखुवासभा — निर्वाचनको मौन अवधि सुरु हुन दुई दिन बाँकी रहँदा नेपाली कांग्रेस संखुवासभाले व्यापक शक्ति प्रदर्शन गरेको छ ।
७ सयभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी सवारी साधनसहितको विशाल र्‍याली खाँदबारीबाट सुरु भई चैनपुर हुँदै पोखरी बजार पुगेर पुनः खाँदबारी फर्किएको थियो ।

उक्त शक्ति प्रदर्शनले स्थानीय मतदातामा उत्साह थपिएको सहभागीहरूको भनाइ छ । र्‍यालीमा विशेषगरी जेनेरेशन–जी (Gen Z) पुस्ताका युवायुवतीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

स्थानीय सहभागीहरूले कांग्रेसप्रति युवापुस्ताको बढ्दो आकर्षणले पार्टी परिवर्तनको संकेत गरेको बताएका छन् । उनीहरूको भनाइमा ऐतिहासिक विरासत बोकेको कांग्रेसले नै देशलाई सही राजनीतिक निकास दिन सक्ने विश्वास युवामाझ पुनः बलियो बन्दै गएको छ ।

र्‍यालीको नेतृत्व नेपाल तरुण दल संखुवासभाका कार्यवाहक सभापति थमन गुरुङले गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका प्रत्यक्षतर्फका युवा उम्मेदवारसहित जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको नेपाल तरुण दल संखुवासभाले जनाएको छ ।

विशाल सहभागितासहित सम्पन्न उक्त शक्ति प्रदर्शनलाई आगामी निर्वाचनमा कांग्रेसका लागि सकारात्मक ऊर्जा र जनसमर्थनको संकेतका रूपमा हेरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेसको शक्ति प्रदर्शन, #नेपाली कांग्रेस, #बाईक र्याली, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्