चिकित्सकहरूलाई मेडिकल काउन्सिलको चेतावनी
नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरू कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसारमा संलग्न रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।
चिकित्सकहरूले कन्सल्टेन्सीको प्रवर्द्धनका लागि आफ्नै नाम, तस्बिर तथा शैक्षिक उपाधि साइनबोर्ड, ब्यानर, पम्पलेट जस्ता प्रचार सामग्रीमा प्रयोग गरेको भन्ने उजुरी परेकाले यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराएको छ ।
यस्ता गतिविधि चिकित्सकीय मर्यादा र परम्परा विपरीत हुने काउन्सिलले जनाएको छ । काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमार देवका अनुसार व्यवसायिक आचारसंहिताविपरीत गतिविधि नगर्न चिकित्सकहरूलाई सचेत गराइएको छ । यस्ता क्रियाकलाप पुनः दोहोरिए कारबाही अघि बढाइने चेतावनी समेत काउन्सिलले दिएको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #मेडिकल काउन्सिल कन्सल्टेन्सी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्