काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
काठमाडौं । नेकपा एमालेले अध्यक्षले टुंग्याउने गरी खाली राखेका काठमाडौंका चार निर्वाचन क्षेत्रमध्ये तीनको उम्मेदवार टुंगो लगाएको छ।
एमाले स्रोतका अनुसार काठमाडौं क्षेत्र नम्बर ५ बाट पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार बन्ने भएका छन्। पोखरेलले महासचिव शंकर पोखरेललाई फोन गरेर सोही क्षेत्रमा आफू उम्मेदवारी दिने जानकारी गराएका हुन्। यसअघि पोखरेल नउठ्ने अवस्थामा उपमहासचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउनेबारे छलफल भएको थियो। तर पोखरेलले आइतबारसम्म स्पष्ट जवाफ नदिँदा अन्य विकल्प रोकिएको बताइएको छ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रकाश श्रेष्ठ र क्षेत्र नम्बर ९ बाट अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ। यद्यपि, क्षेत्र नम्बर ४ को उम्मेदवार भने अझै टुंगो लाग्न सकेको छैन।
क्षेत्र नम्बर ४ बाट यसअघि पटक–पटक निर्वाचन लड्दै आएका एमाले सचिव डा. राजन भट्टराई यसपटक उम्मेदवार नबन्ने मनस्थितिमा रहेका छन्। उनले इच्छा नदेखाएपछि बूढानीलकण्ठ नगरपालिकाका निवर्तमान मेयर उद्धव खरेल, वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईलगायत नेताहरू आकांक्षीका रूपमा देखिएका छन्। तर उनीहरूमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीले निर्णय गरिसकेको छैन।
काठमाडौं क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको क्षेत्र हो। थापा बलियो उम्मेदवार भएकाले र एमालेका केन्द्रीय स्तरका नेताहरू नै उम्मेदवारीबाट पन्छिँदा स्थानीय नेताहरू समेत सो क्षेत्रमा उम्मेदवार बन्न हिच्किचाइरहेको बताइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ५ मा ईश्वर पोखरेल नै उठ्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्