सेक्स के हो ? सेक्स को लत रोग हो ?
विशेषज्ञ र मनोवैज्ञानिक चिकित्सकहरुले यौन इच्छा तीव्र हुने कारणले हिंसा हुन्छ भन्ने कुरा साँचो नभएको बताएका छन् ।
‘सेक्स’ लतको लक्षण ?
मानिसका अन्य लत जस्तै सेक्सको लत पनि एक हो । यसले मानव मष्तिष्कमा हाबी भएको हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार स्वास्थ्यकर जीवनका लागि यौन पनि आवश्यक हुन्छ । तर आवश्यकताभन्दा बढी यसमा चासो दिनु शारीरिक र मानसिक स्वास्थयका लागि बेफाइदा हुन्छ ।
यौनको लत लागेका व्यक्तिहरु जुनसुकै समयमा पनि यौनकै बारेमा सोचेर बस्ने गर्छन् । यस्ता व्यक्तिहरु कुनै न कुनै तरिकाले यौनजन्य क्रियाकलापमा नै लागिरहन्छन् । यति मात्र होइन यौनकै लागि आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा समेत क्षति पुर्याउँछन् ।
जो व्यक्तिमा यौनको लत लागेका व्यक्तिहरु दुईभन्दा बढी सम्बन्धमा रहने गर्छन् । यस्ता व्यक्तिहरु आफ्ना पार्टनरसँग कुनै पनि भावनात्मक रुपमा लगाव राख्दैनन् । कोही सेक्सको लत लागेका व्यक्तिहरु नियमित रुपमा व्यवसायिक रुपमा यौन कार्यमा संलग्नहरुकोमा जाने गर्छन् । साथै, साइबर सेक्स र पोर्नोग्राफीमा पनि लिप्त रहनेगर्छन् । यस्ता व्यक्तिहरु असुरक्षित सम्बन्धको खतरा पनि उठाउने गर्छन् । यस्ता व्यक्तिहरुलाई भावनात्म सन्तुष्टि मिल्दैन । र, यौनसम्बन्धपछि अपराधबोध गर्छन् ।
यसको कारण ?
यो लत लाग्नुको पछाडि कुनै पनि वैज्ञानिक कारण भने छैन । तर, थुप्रै प्रकारका मानसिक स्थितीहरु भने यो लत लाग्नुमा जिम्मेवार हुन्छन् । जस्तै, डिप्रेशन, एक्लोपन जस्ता कुराहरुले यौनजन्य बानीव्यवहार गर्नतर्फ उद्यत रहन्छन् ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #सेक्स के हो ? सेक्स को लत रोग हो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्