खानामा समावेश गर्नुहोस्,सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल
केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन ।
आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं जसले यौन शक्ति बढाउछः

अनारः
अनार धेरैलाई मनपर्ने फल हो । यो फल हरेक प्रकारको पोषक तत्वले भरिपूर्ण हुन्छ । हुन त अनार हिमोग्लोबिन बढाउन र रक्त सञ्चारलाई सुधार्नका लागि पनि परिचित छ तर शोधका अनुसार यो इरेक्टाइल डिसफंक्सनको उपचारमा पनि फाइदाजनक छ । शोधमा एक गिलास अनारको जून पिउने पुरुषले सेक्स ड्राइभको मामिलामा उत्कृष्ट अनुभव गरे । यसमा पाइने एन्टीअक्सिडेन्ट पुरुषका लागि फाइदाजनक छ ।
भोगटेः
सिट्रस फलमा भोगटे सबैभन्दा बढी फाइदाजनक छ । यसमा पाइने विभिन्न तत्वले औषधीको काम गर्छ । भियाग्रामा पाइने सिल्डेनाफिल इनग्रेडियन्ट पुरुषको शरीरमा निकै सजिलै अवशोषित हुँदैन । तर यदि योसँग भोगटे पनि खाइन्छ भने यसको उत्कृष्ट परिणाम पाइन्छ । भोगटे खाँदा सिल्डेनाफिल जिकै सजिलै रगतमा मिल्ने गर्छ ।
किवीः
किवीमा सुन्तलाभन्दा बढी भिटामिन सी हुन्छ । यसबाहेक यसमा भिटामिन इ र सेरोटोनिन पनि भरपुर मात्रामा पाइन्छ । एक शोधका अनुसार किवी इरेक्टाइल डिस्फंक्सनको उपचारमा प्रयोग हुने टाडालाफिलले औषधीको नकारात्मक प्रभावलाई कम गर्छ । किवी प्रतिरोधी क्षमता बढाउन पनि निकै फाइदाजनक छ ।
केराः
केरा एउटा यस्तो फल हो जुन निकै सजिलै उपलब्ध हुन्छ । भिटामिन बीले भरपुर यो फलले स्ट्यामिना बढाउने काम गर्छ । केरा खाँदा यौन क्षमता उत्कृष्ट हुनुका साथै यसले तनाव पनि कम गर्छ । केरामा पाइने पोटासियमले सेक्स हर्मोन बढाउने काम गर्छ ।
स्याउः
एक शोधका अनुसार स्याउ यौन इच्छा बढाउनमा पनि निकै फाइदाजनक छ । यसमा पाइने पोलिफेनल्स र एन्टीअक्सिडेन्ट्सले रक्तसञ्चारलाई बढाउँछ जसका कारण यौन क्षमता उत्कृष्ट हुन्छ । स्याउले शरीरमा फिटेस्ट्रोजेन सेक्स हर्मोनलाई बढाउने काम गर्छ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #खानामा समावेश गर्नुहोस्, #सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्