आनन्द उत्सव: बर्दिवासमा
महोत्तरीको बर्दिवासस्थित स्मृति पार्क, गौरीडाँडाको योग हलमा ‘ह्याप्पिनेस प्रोग्राम’ अर्थात् ‘आनन्द उत्सव’ आयोजना हुने भएको छ । कार्यक्रम २०८१ साल माघ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दिन बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा संसारकै शक्तिशाली श्वासप्रश्वास प्रविधि मानिने ‘सुदर्शन क्रिया’ समेत सिकाइनेछ ।

योगा थेरापी र योगा एण्ड मेडिटेसनमा स्नातकोत्तर गरेका पवन नेपाल कार्यक्रममा प्रशिक्षकको रुपमा रहनेछन् । एक टेलिभिजन कार्यक्रम ‘पञ्चामृत’ को अन्तर्वार्तामा बोल्दै नेपाल भन्छन्, “बर्दिवासले मलाई पवन नेपाल बन्नमा धेरै लगानी गरेको छ, अब मेरो जिम्मेवारी त्यो लगानी फर्काउने रहेको छ । हेरौं कति सम्भव हुन्छ ।”

नेपालले यसअघि पनि बर्दिवास क्षेत्रमा ह्याप्पिनेस प्रोग्राम र बालबालिकाका लागि विशेष ‘यश’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
यस प्रकारका कार्यक्रमले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र जीवनलाई सन्तुलित बनाउने विश्वास गरिएको छ ।
आयोजकले सम्पूर्ण इच्छुक सहभागीलाई समयमै कार्यक्रमको लागि सहभागी हुन अनुरोध गरेका छन् । उक्त कार्यक्रम माघ ८ गतेबाट सुरु भएपनि इच्छुक व्यक्तिले ढिलोमा माघ ९ गतेसम्म सहभागी हुन सक्नेछन् ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्