यस्ता छन् योग र ध्यान गर्नुका फाइदाहरु
नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ । धेरै मानिसहरू यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा सोच्छन्। दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । योग यस्तो महाज्ञान हो जसले धेरै रोगलाई नियन्त्रण गर्न सक्छ । चेतनाको स्तर बढाउनको लागि, शरीरलाई स्वास्थ राख्नका लागि र शरीरको विकार हटाउनको पनि योग सहयोगसिद्ध हुन्छ ।
आज वैज्ञानिक दृष्टिकोणबाट ध्यान र योगा गर्नुका फाईदाहरुको बारेमा चर्चा गर्छौं।
१. तनाव कम गर्छ
आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौं । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा स्ट्रेसमा रहने दैनिकी ।
यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिपि्रसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ ।
ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ ।
२. मानसिक स्वास्थ्य राम्रो हुन्छ
ध्यान र योगाले तनावको स्तर कम गर्न सक्छ, जसले एन्जाइटी नियन्त्रण गर्छ। अन्तराष्ट्रिय स्तरमा लगभग १३ सय किशोरकिशोरीहरूमा गरिएको विश्लेषणमा ध्यानले एन्जाइटी कम गर्ने देखाएको थियो।
साथै, एउटा अध्ययनले ८ हप्ताको माइन्डफुलनेस मेडिटेशन गर्नाले एन्जाइटीको समस्या भएका मानिसहरूमा चिन्ताका लक्षणहरू कम गर्न मद्दत गरेको थियो। गम्भीर दुखाइ भएका ४७ जना व्यक्तिहरूमा गरिएको अर्को अध्ययनले ८ हप्ताको ध्यान कार्यक्रम पूरा गर्नाले १ वर्षमा एन्जाइटी, चिन्ता र दुखाइमा सुधार भएको पत्ता लागेको थियो। ध्यानले काम सम्बन्धी चिन्तालाई नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ।
३। दुखाइ कम गर्न मद्दत गर्छ
तनाव हुँदा शरीरमा दुखाई बढ्न सक्छ। ध्यानको कारणले तनाव कम महसुस हुन्छ जसको कारणले दुखाई नियन्त्रण हुन सक्छ। केही अनुसन्धानले सुझाव दिन्छन् कि आफ्नो दिनचर्यामा ध्यान समावेश गर्नाले दुखाइ नियन्त्रण गर्न लाभदायक हुन सक्छ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #यस्ता छन् योग र ध्यान गर्नुका फाइदाहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्