जाडोमा गिजर र हिटरको प्रयोग कसरि गर्न सकिन्छ ?
पौष, काठमाडौं। चिसो बढेसँगै शहरी तथा ग्रामीण भेगमा ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग बढ्दै गएको छ । चिकित्सकहरुले भने ग्यास गिजर र विद्युतीय हिटर प्रयोग नै नगर्न सुझाएका छन् ।
जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन अहिले बजारमा ग्यास गिजर र विद्युतीय हिटरहरु सहजै पाइन्छन्।
विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि स्वास्थ्यको लागि भने यी सामग्री हानिकारक छन् । ग्यास गिजर प्रयोग गर्दा कार्वनमोनोअक्साइडको मात्रा बढी निस्किने भएकाले सावधानी नअपनाई यसको प्रयोग गर्दा ज्यानै जाने खतरा समेत हुन्छ ।
यस्तै विद्युतीय हिटर पनि स्वास्थ्यका लागि हानीकारक छ । पर्याप्त हावा आवतजावत नगर्ने ठाउँमा ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा समस्या हुने गर्छ । हुन त, सावधानीपूर्वक ग्यास गिजर, विद्युतीय हिटरको प्रयोग गर्ने हो भने समस्या झेल्नु पर्दैन ।
सावधान हुँदाहुँदै पनि ग्यास गिजर प्रयोग गरिरहेकाहरु बाथरुममा नै बेहोस हुने, हिटर बालेर सुतेकाहरुको मृत्यु भएका खबर पनि हामीले सुन्दै र कतिपय भोग्दै पनि आएका छौं ।
गिजरमा नुहाउँदा र हिटर ताप्दा ध्यान दिनुपर्ने कुराहरु
- सकेसम्म गिजर बालेर नुहाउनु हुँदैन,
- भेन्टीलेशन राम्रो भएको बाथरुममा मात्र गिजर र हिटरको प्रयोग गर्ने,
- दाउरा, गुइठा र कोइला बालेर नसुत्ने।
कार्बन मनोअक्साइड पोइजन भएमा तत्कालै कस्तो सावधानी अपनाउने ?
- सर्वप्रथम बिरामीलाई त्यो कोठाबाट हटाएर खुल्ला ठाउँमा राख्ने
- तुरुन्त अस्पताल लैजाने
- अक्सिजनको व्यवस्था गर्ने
नेपालमा ग्यास गिजर, हिटर प्रयोग गर्दा कति व्यक्तिको मृत्यु भएको छ भन्ने तथ्याकं छैन । तर चिसो मौसम सुरु भएसँगै अस्पतालहरुमा भने ग्यास गिजर, हिटर प्रयोग गर्दा समस्या भएका व्यक्तिहरुको संख्या बृद्धि हुने गरेको चिकित्सकहरु बताउँछन् ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जाडोमा गिजर र हिटरको प्रयोग कसरि गर्न सकिन्छ ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्