आरामदायी निद्राका लागि के गर्ने?
मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक छ। कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ। अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ।
आरामदायी निद्राका लागि के के हुन् उपायहरु?
- नियमित समयमा सुत्न जानुहोस् र उठ्नुहोस् ।
- धेरै व्यायामहरू गर्नुहोस् तर सुत्नुभन्दा अगाडि कठिन व्यायामहरु नगर्नुहोस् ।
- आरामदायी ओछ्यान र सिरानी प्रयोग गर्नुहोस् ।
- शान्त र अँध्यारो कोठा बनाउनुहोस् ।
- सुत्नुभन्दा अगाडि एकदमै धेरै पानी र कफी वा चिया नपिउनुहोस् ।
- आरामदायी सङ्गीत सुन्नुहोस् ।
- सुत्ने बाहेक अन्य समयमा बिस्तारामा नबस्नुहोस् ।
- तपाईंले सुत्नुभन्दा कुनै अधुरा काम, गल्ती र समस्याका विषयमा नसोच्नुहोस् ।
- बिस्तारामा हुँदा नपढ्नुहोस्, टेलिभिजन नहेर्नुहोस्, संगीत नसुन्नुहोस् ।
- बिस्तारामा गएको २० मिनेटसम्म निद्रा नलागेमा उठ्नुहोस् र फेरि निद्रा लागेजस्तो भएपछि मात्रै विस्तारामा जानुहोस् ।
- सुत्ने एउटा समय फिक्स गर्नुहोस् ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #सुत्ने एउटा समय फिक्स गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्