के धेरै तेलको प्रयोगले मुटुमा समस्या देखिन्छ?
काठमाडौं । तेलबिनाको भान्सा शायद कल्पनानै गर्न गारो छ। तरकारी पकाउदा, दाल झान्न, खानेकुरा तार्न, भुट्न तथा लगभग हेरेक कुरा पकाउन तेलको नै प्रयोग गरिन्छ ।
सागसब्जीमा कम तेल राख्न र तारेका खानेकुरा सकेसम्म कम खानु पर्दछ। बजारमा पाइने कतिपय तेल मिश्रणयुक्त हुने भएकाले तेल प्रयोगका विषयमा हामी सबै मानिस सतर्क रहनुपर्छ।
तेल स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छ भन्ने विषयमा बुझौं :
के तेल मानिसको शरिरको लागि हानिकारक छ त?
तेलमा अधिक मात्रामा फ्याट हुन्छ । फ्याट शरीरका लागि आवश्यक हुने भएपनि तेलको अत्यधिक प्रयोगले स्वास्थ्यमा हानी पुर्याउने गर्दछ। पाँचदेखि सात प्रतिशतसम्म फ्याट भए त्यसले शरीरलाई इनर्जी दिने काम गर्छ तर तर तेलको मात्रा बढी हुँदा स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ। हाम्रो समाजमा चिल्लो पटक्कै खानुहुन्न भन्ने भ्रम रहेको छ तर सही मात्रामा गुणस्तरीय तेल सेवनले स्वास्थ्यलाई फाइदा नै गर्छ। तेलमा भिटामिन ए, डी, ई र के को मात्रा हुन्छ। यो सबै शरिरलाई चाहिने महत्वपुर्ण कुरा हो। यो सब को अभावमा शरीरले काम गर्न सक्दैन । त्यसैले सिमित मात्रामा तेलको प्रयोग गर्नु पर्छ। अनावश्यक चिल्लो पदार्थले मुटुसम्बन्धी समस्या पनि ल्याउन सक्छ। खराब चिल्लो पदार्थका कारण मुटुको धमनी बन्द हुन्छ, जसकारण हृदयघात हुने खतरा हुन्छ।
कस्तो प्रकारको तेलले धेरै हानि गर्दैन ?
अहिले बजारमा आएका तेलहरु रिफाइन, प्रशोधित तथा कोलस्ट्रोलरहित भनेपनि सबै बजारीकरणको सूत्र हो। स्वास्थ्यका लागि रिफाइन तथा मोडिफाइड गरेको तेल हानिकारक । सकेसम्म शुद्धतोरीको तेल नभए प्रशोधन नगरिएको तेल खानुपर्छ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #के धेरै तेलको प्रयोगले मुटुमा समस्या देखिन्छ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्