के धेरै तेलको प्रयोगले मुटुमा समस्या देखिन्छ?

काठमाडौं । तेलबिनाको भान्सा शायद कल्पनानै गर्न गारो छ। तरकारी पकाउदा, दाल झान्न, खानेकुरा तार्न, भुट्न तथा लगभग हेरेक कुरा पकाउन तेलको नै प्रयोग गरिन्छ ।
सागसब्जीमा कम तेल राख्न र तारेका खानेकुरा सकेसम्म कम खानु पर्दछ। बजारमा पाइने कतिपय तेल मिश्रणयुक्त हुने भएकाले तेल प्रयोगका विषयमा हामी सबै मानिस सतर्क रहनुपर्छ।
तेल स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छ भन्ने विषयमा बुझौं :
के तेल मानिसको शरिरको लागि हानिकारक छ त?
तेलमा अधिक मात्रामा फ्याट हुन्छ । फ्याट शरीरका लागि आवश्यक हुने भएपनि तेलको अत्यधिक प्रयोगले स्वास्थ्यमा हानी पुर्याउने गर्दछ। पाँचदेखि सात प्रतिशतसम्म फ्याट भए त्यसले शरीरलाई इनर्जी दिने काम गर्छ तर तर तेलको मात्रा बढी हुँदा स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ। हाम्रो समाजमा चिल्लो पटक्कै खानुहुन्न भन्ने भ्रम रहेको छ तर सही मात्रामा गुणस्तरीय तेल सेवनले स्वास्थ्यलाई फाइदा नै गर्छ। तेलमा भिटामिन ए, डी, ई र के को मात्रा हुन्छ। यो सबै शरिरलाई चाहिने महत्वपुर्ण कुरा हो। यो सब को अभावमा शरीरले काम गर्न सक्दैन । त्यसैले सिमित मात्रामा तेलको प्रयोग गर्नु पर्छ। अनावश्यक चिल्लो पदार्थले मुटुसम्बन्धी समस्या पनि ल्याउन सक्छ। खराब चिल्लो पदार्थका कारण मुटुको धमनी बन्द हुन्छ, जसकारण हृदयघात हुने खतरा हुन्छ।
कस्तो प्रकारको तेलले धेरै हानि गर्दैन ?
अहिले बजारमा आएका तेलहरु रिफाइन, प्रशोधित तथा कोलस्ट्रोलरहित भनेपनि सबै बजारीकरणको सूत्र हो। स्वास्थ्यका लागि रिफाइन तथा मोडिफाइड गरेको तेल हानिकारक । सकेसम्म शुद्धतोरीको तेल नभए प्रशोधन नगरिएको तेल खानुपर्छ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #के धेरै तेलको प्रयोगले मुटुमा समस्या देखिन्छ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्