६ जिल्लामा देखिए ३२ संक्रमित, ५४८ पुगे संक्रमित
काठमाडौँ, १० जेठ ( ः कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज ३२ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिला सहित ३० जना पुरुषमा संक्रमण देखिएको बताए ।
उनका अनुसार नयाँ संक्रमितमा कपिलवस्तुका आठ, सर्लाही १३ जना, वारा एक जना, काठमाडौ एक जना, रुपेन्देही आठ जना र चितवनमा एक जनामा जिल्लाका रहेका छन् ।
कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ बर्षीय पुरुष र २७ बर्षीय महिला रहेका छन् ।
सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ बर्षीय पुरुषहरु, वारा करैयामाई गाउँपालिकाकी ३७ बर्षीय महिला रहेका छन् । यसैगरी नयाँ संक्रमितमा काठमाडौका ३५ बर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ बर्षीय पुरुषहरु र चितवन भरतपुर महागरपालिका वडा न.ं ६ का ५२ बर्षीय पुरुषमा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
आज भेटिएका नयाँ संक्रमितसंगै संक्रमितको संख्या ५४८ जना पुगेका छन् ।
हिजो शुक्रबार मात्रै संख्या ५९ जनामा संक्रमण देखिएको थियो ।
अहिलेसम्म ७० जना पूर्ण रुपमा सन्चो भई घर फर्किसकेका छन् ।
उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्