तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–१ पटापु क्षेत्रमा पार्किङ गरिएको बा.प्र. ०१–०४५ च नम्बरको विद्युतीय (ईभी) गाडीभित्र एक महिलाको शव फेला परेको छ।
मृतक तारकेश्वर नगरपालिका–११, नेपालटार निवासी रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी गाडीभित्र शंकास्पद अवस्थामा मृत फेला परेकी हुन्।
रश्मी तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल रहेकी छिन् । उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ता रूपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ : ०० बजेदेखि सम्पर्कविहीन भएकी थिइन् ।
परिवारका अनुसार रश्मी शुक्रबारदेखि सम्पर्कविहीन थिइन्। आफन्तले खोजी गरिरहेको अवस्थामा शनिबार पटापु क्षेत्रमा रोकिएको गाडीभित्र उनको शव भेटिएको हो।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा शवलाई पोस्टमार्टमका लागि पठाउने प्रक्रिया अघि बढाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार मृत्युको वास्तविक कारण तत्काल खुल्न सकेको छैन। पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट थप तथ्य सार्वजनिक हुने बताउँदै प्रहरीले घटनालाई शंकास्पद मानेर सबै सम्भावित कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, #प्रहरीले सुरु गर्यो गहन अनुसन्धान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्