कांग्रेससहितको विपक्षी गठबन्धनले आज दिल्लीमा बृहत् विरोध प्रदर्शन गर्दै
काठमाडौं । भारतको प्रमुख विपक्षी दल कांग्रेससहितको विपक्षी दलहरुले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै आज राजधानीमा बृहत् विरोध प्रदर्शन गर्दैछ ।
विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले दिल्ली आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।
उनले शनिबार दिल्लीमा युवाहरू शान्तिपूर्ण विरोध प्रदर्शनका लागि सडकमा उत्रिएकामा उनीहरूमाथि प्रहरी र भाजपाका गुण्डाहरू दुवैले कुटपिट गरेको दाबी गरेका छन् ।
आजको आन्दोलन सर्वोच्च अदालततर्फ हुने भन्दै उनले भनेका छन्, ‘देशका युवाहरू, सम्पूर्ण विपक्षी दलहरू, नागरिक समाज तथा लोकतन्त्रमा विश्वास गर्ने र भारतको संविधानको पक्षमा उभिने सबैजना हामीसँगै अघि बढ्नेछन् ।’
उनले भोट चोरीको अन्त्य, एसआईआर रोक्नुपर्ने, ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने लगायतका माग प्रधानन्यायाधीशसमक्ष बुझाउने बताए ।
‘नरेन्द्र मोदी, अमित शाह, अजित डोभाल र मोहन भागवतले भारतको आवाज दबाउन सक्दैनन् । यी कायरहरूले हामीलाई तर्साउन सक्दैनन् । उनीहरू पछि हट्न बाध्य हुनेछन् ।’ गान्धीले फेसबुकमा लेखेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #कांग्रेससहितको विपक्षी गठबन्धनले आज दिल्लीमा बृहत् विरोध प्रदर्शन गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्