Techie IT
शुक्रबार, असोज २३,२०८३

नेपाली कांग्रेस संखुवासभाको १५औँ जिल्ला अधिवेशन आज देखि चैनपुरमा सुरु हुँदै


संखुवासभा, असोज २३ गते । नेपाली कांग्रेस संखुवासभाको १५औँ जिल्ला अधिवेशन बिहीबार जिल्लाको चैनपुरको दिलकुमारी स्मृति भवनमा सुरु भएको छ । अधिवेशनसँगै जिल्लाका प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशनसमेत आजै हुँदैछ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा सुरु हुने अधिवेशनको सभापतित्व १५औँ जिल्ला अधिवेशन तयारी समिति संयोजक रामकुमार जिमिले गर्नुहुने छ ।

जिल्लाका १० वटै स्थानीय तहबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहेको अधिवेशनले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमिति चयन गर्नेछ । साथै, पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको समेत चयन गरिनेछ ।

एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रदेश सभा निर्वाचन क्षेत्र भने दुईवटा छन् । अधिवेशनबाट जिल्लामा पार्टीको आगामी संगठनात्मक नेतृत्व चयन हुने भएकाले कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेख सहभागिता रहेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #१५ औ महाधिवेशन, #hot, #जिल्ला अधिबेशन, #नेपाली कांग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्