कोरोनाबाट नगरबासीहरुलाई जोगाउन टोखा नगरपालिकाद्धारा ६ ठाउँमा हेल्थ डेस्क स्थापना
टोखा काठमाडौ । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीहरुलाई जोगाउन टोखा नगरपालिकाले ६ ठाउँमा हेल्थ डेस्क स्थापना गरेको छ ।
टोखा नगरपालिकाले वडा नं ९ को सामुदायिक भवनमा , वडा नं ८ को भुवनेश्वर मन्दिर परिषर, वडा नं ३ को सुर्यदर्शन हाइट र टोखा मुलबजारमा रहेको ३ नं वडा कार्यालयमा हेल्थ डेस्क स्थापना गरी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गरिएको मेयर प्रकाश अधिकारीले बताए ।
टोखा नगरपालिकाले विदेशबाट नगरपालिका क्षेत्रभित्र आएका एक सय २१ जना नागरिकको टेष्ट गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
यसका साथै नगरपालिकाले बिपन्न बर्गका व्यक्तिहरुलाई खाना खुवाउने कार्य गरिरहेको र सद्भाव पार्टी प्यालेसमा निशुल्क खाना खुवाउने कार्य गरिरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखा नगरपालिका, #हेल्थ डेस्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्