पार्टीमा गौतमको योगदान कम छैन ः रिजाल
काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीमा अन्य बरिष्ठ नेताझै उपाध्यक्ष वामदेव गौतमको पनि कम योगदान नभएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा उनले झलनाथ खनाल, केपी ओली दुवैलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका गौतमको पार्टीमा पनि उतिकै भूमिका रहेको अहिले प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् ।
उनले समाजिक सञ्ञालमा लेखका छन्, “यदि सही मनसाय र योजनाका साथ नाम आएको भए उहाँ समकालीन नेताहरूमध्ये कम योगदान भएको नेता होइन र प्रधानमन्त्री हुन अयोग्य पनि होइन ।”
हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीले कोरोना पछि आफूले राजीनामा दिएर उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।
उनले गौतम पटक पटकका आश्वासन, धोका पाइसकेकाले अव फेरि धोका नहुने भन्दै पटक चाहिं उनको लागि निर्णायक नै बन्ने भनेका छन् ।
तत्कालीन नेकपा (एमाले) मा कमरेड झलनाथ खनाललाई ०६५ मा पार्टी अध्यक्ष र ०६७ मा प्रम बनाउन अनि कमरेड केपी ओलीलाई ०७० मा संसदीय दलको नेता र ०७१ मा पार्टी अध्यक्ष बनाउन कमरेड वामदेव गौतमको निर्णायक योगदान रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई पनि विभिन्न कालखण्डमा नेता गौतमको कारणले मद्दत नै पुगेको छ भने माधव नेपालसँग पनि हार्दिक सम्बन्ध नै छ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्