संसारको सबैभन्दा घातक खानेकुरा जस्ले लिन्छ मानिसको ज्यान
काठमाडौं । लाओसमा र थाइल्याण्डमा निकै लोकप्रिय परम्परागत खानेकुरा ‘कोइ प्ला’लाई विश्वकै सबैभन्दा घातक खाना मानिन्छ । यो खानेकुरा खाँदा हरेक वर्ष करीब २० हजार जना मानिसको ज्यान जाने गरेको छ ।
लाओसका साथै थाइल्याण्डको इसान क्षेत्रका मानिसहरुले सलादको रुपमा खाने ‘कोइ प्ला’ तयार गर्दा किमा बनाइएको काँचो माछा, कागतीको रस, जडिबुटी र मसला मिसाइन्छ ।
यो परिकार यति धेरै खतरनाक हुनुको मुख्यकारण नै काँचो माछाको किमा हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा माछाको मासुमा हुने परजिवीले नै यो परिकारलाई घातक बनाएको हुन्छ ।
मेकोंग नदी बेसिनमा पाइने माछाबाट ‘कोइ प्ला’ बनाइन्छ । ती माछाहरु प्रायः लाइभ फ्लुक भनिने फित्ते जुकाबाट संक्रमित हुन्छन् । यी परजिवी मानिसको शरीरमा प्रवेश गरेपछि पित्त नलीको क्यान्सर अर्थात् कोलान्जियोकार्सिनोमाको प्रमुख कारक बन्दछन् । जसका कारण थाइल्याण्डमा मात्रै बर्सेनि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #breaking, #संसारको सबैभन्दा घातक खानेकुरा जस्ले लिन्छ मानिसको ज्यान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्