फागुन २३ देखि ‘दोस्रो टोखा महोत्सव’
धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–२ र ३ टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
“मेलामा स्थानीय कला, संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ”, उहाँले भन्नुभयो । नेवाः गुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा टोखा नगरपालिकामा रहेका सांस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ । महोत्सवमा पाँच लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #दोस्रो टोखा महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्