Techie IT
मंगलबार, वैशाख २९,२०८३

समाजवादी पार्टीका नेता माथि गोली प्रहार


समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको छ।

कपिलवस्तुमा समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो ।

मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेका छन भने उनको कुममा गोली लागेको छ ।
मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गोली लागेर सामान्य घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #गोली प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्