यि हुन छोराबुहारी विदेश गएकाे मौकामा ४ वर्षिया नातिनी बलात्कार गर्ने हजुरबुबा
११ असार, ललितपुर । छोराबुहारी विदेश गएकाे मौकामा ४ वर्षिया नातिनी बलात्कार गर्ने हजुरबुबा पक्राउ परेका छन् । रक्सीको नसामा नातिनीलाई बलात्कार गर्ने ५१ वर्षे हजुरबालाई सातदोबाटो प्रहरीले ललितपुरको टिकाथलीबाट पक्राउ गरेको हाे ।
रौतहटकाे चन्द्र निगाहपुर–१ पौराही घर भई हाल टिकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका ५१ वर्षे हजुरबाले आफ्नै छोराको ४ वर्षे छोरीलाई बलात्कार गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
छोरा र बुहारी विदेश गएपछि आफ्नो संरक्षणमा रहेकी नातिनीलाई दाईसँग कोठामा सुतेको अवस्थामा उठाएर आफूसँगै लगेर अप्राकृतिक मैथुन र बलात्कार गरेको पीडित नावालिकाले आफ्नी फुपुलाई सुनाएपछि फुपुको जाहेरीको आधारमा प्रहरीले असार ९ गते हजुरबालाई पक्राउ गरेको हाे ।
पक्राउ परेका नाबलिकाको हजुरबुबामाथि जिल्ला अदालत ललितपुरबाट मंगलबार ५ दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडकको नाम सार्वजनिक गर्दा पीडित नातिनीको नाम पनि सार्वजनिक हुने हुँदा प्रहरीले दुबैको नाम गोप्य राखेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #बलात्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्