अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस
विराटनगर । अविवाहित युवतीले जन्माएको शिशु बेचेको घटनामा संलग्नविरुद्ध दायर मुद्दामाथि आजबाट बहस सुरू भएको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङमा सोमबार मुद्दा दायर भएको छ ।
प्रहरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर-११ जनपथ टोल बस्ने ४० बर्सिया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राई, मोरङको इटहरी गाउँपालिका-२ आदर्श टोलकी ३३ बर्सिया सुधा भनिने सुक्री राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाएको छ ।
घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले गत शुक्रवार वकिल कार्यालयमा मिसिल बुझाएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्