कागेश्वरी मनहरामा विद्युत् ट्रान्सफरमरमा परेर चितुवाको मृत्यु
काठमाडाैँ, १४ जेठ । काठमाडौँको कागेश्वरी मनहरा नगरापलिका वडा नं.१ स्थित गागलफेदि गाउँमा विद्युत् ट्रान्सफरमरमा परेर एक चितुवाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा होचो ठाउँमा ट्रान्सफरमर राखिएका कारण दुर्घटनामा परेको संरक्षण अधिकारीहरुको अनुमान छ। करिब एक वर्ष उमेरको चितुवा पोथी हो। उसको लम्बाइ साढे ५ फिट थियो।
बिजुलीको ट्रान्सफरमरले करेन्ट लागेर बिग क्याट प्रजातिको जनावर मृत्यु भएको घटना नेपालको हकमा एकदमै अनौठो रहेकाो जिल्ला वन कार्यालयले बताएको छ ।
स्थानीयका अनुसार सो क्षेत्रमा दुई-चार दिनदेखि चितुवा देखिएको थियो । शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्केको चितुवा गागलफेदि आइपुगेको अनुमान संरक्षणकर्मीको छ। दुर्घटना भएको ठाउँ नजिकै ईश्वरी महिला र कल्पवृक्ष सामुदायिक वन रहेका छन्।
तलबाट माटो उठाइएका कारण ट्रान्सफरमर राखेको ठाउँ अग्लो छैन । नजिकै चराका गुडहरु छन् । आवाज सुनेर खानाको खोजीमा माथि चढ्दा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

क्याटेगोरी : विशेष
ट्याग : #चितुवाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा








तपाईको कमेन्ट लेख्नुहोस्