बिजुली नभएको बेलामा छोरीलाई बन्धक बनाएर आमामाथी झापामा खुकुरी प्रहार
झापाको मेचीनगर नगरपालिकामा एक महिलामाथी गएराति अज्ञात समूहको धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । वडा नम्बर १० धुलाबारीकी ४१ वर्षीया आरती चौहान बुढाथोकीमाथी आक्रमण भएको हो ।
उहाको आम्दा अस्पताल धुलाबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ। घरमा सात वर्षीया छोरी अर्पणसँगै सुतिरहेकी चौहानलाई बुधबार मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । राति खाना खाएर आमाछोरी एउटै कोठामा सुतेका अवस्थामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको छोरी अर्पणाले बताएकी छिन्।
‘राति हावाहुरीसँगै पानी परेकोले बिजुली नभएको बेलामा मान्छेहरु कोठामा प्रवेश गरेको हो’, अर्पणाले भनिन्, ‘ममीलाई पेटमा बसेर टाउँको खुकुरी प्रहार गरेको हो, मलाई घाटी न्याकेर हल्ला गरिस् भने तँलाई पनि यही खुकुरीले काटिदिन्छु भनेका थिए।’ आराती कोठाभित्र अर्धनङ्ग अवस्थामा बिहान भेटिएकी थिइन्। कोठा रक्ताम्य अवस्थामा थियो। घटनाबारे बिहीबार बिहान अर्पणाले झ्यालबाट कराएर बोलाउँदा स्थानीयले थाहा पाएका थिए। बालिका कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयहरुले बताएका छन्।
क्याटेगोरी : विशेष
ट्याग : #खुकुरी प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्