अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसिबी सहित ६ वटा ट्रिपर चितवन प्रहरीको नियन्त्रणमा
चितवन । पुर्वी चितवनको रत्ननगर र खैरहनीबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसिबी सहित ६ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिईएको छ । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनबाट खटिएको प्रहरीको टोलीले आज (मंगलबार) बिहान ९ बजे खैरहनी नगरपालिका वर्डा नम्बर ३ स्थितबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसिबीसहित चार वटा ट्रिपरलाइ नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बा १ क ६०३६ नंम्बरको जेसिबी सहित ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३ र ना ८ ख ६२७१ नंम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी खैरहनी नगरपालिका पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै, प्रहरीले रत्ननगरबाट समेत दुई वटा ट्रिपर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको टोलिले रत्ननगर नगरपालिका वडा नंम्बर ३ स्थितबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ना ८ ख १४९४ , र ना ८ ख ५९५३ नंम्बरको टिपरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी रत्ननगर नगरपालिका पठाईएको टाँडीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रविन बाबू रेग्मीले जानकारी दिए ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनले खोलानालाबाट हुने चोरी निकासी रोक्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएसंगै यस क्षेत्रमा हुँदै आएको नदीजन्य पदार्थ उत्खनन् ठप्प भएको छ भने लुकिछिपी चोरी निकासी गर्दै आइरहेको सवारीसाधन समेत भटाभट नियन्त्रणमा आइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्