‘स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्छ’
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्ने बताउनुभएको छ ।
प्रदेशसभाकोे प्रदेश मामिला समितिद्वारा आज यहाँ आयोजित बजेट कार्यान्वयन र प्रगति विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शै्याको अस्पताल तथा एउटा उद्योग ग्राम निर्माण गरिने बताउनुभयो ।
अन्तरक्रियामा प्रदेशसभा सदस्यका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माणको कामलाई प्राथामिकतामा राखेको जानकारी गराउनुभयो । उहाँले एकीकृत बस्ती निर्माणका लागि सरकारले प्रकृयासमेत अगाडि बढाइसकेको बताउनुभयो ।
उहाँले मकवानपुरमा १६० वटा घर बनाउने तयारी भइरहेको र दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत बस्तीको निर्माण प्रकृया अगाडि बढेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशले जटिलता सगै अवश्यक कानून निर्माण गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट प्रमुख सचिव आनन्दराज ढकाललगायत सचिवले मन्त्रालयले सम्पादन गरेका कार्य विवरण पेश गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #डोरमणि पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्