नेपाली श्रमिकको हकहित संरक्षणमा जोड
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ ।
कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उहाँले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड दिनुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
मन्त्री ज्ञवालीले आफ्ना कतारी समकक्षीलाई नेपालमा लगानीका निम्ति कतारका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न तथा आगामी चैतमा काठमाडौँमा आयोजना हुने दोस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभयो । मन्त्रीद्वयबीच नेपाल–कतार सम्बन्धलाई अझ सुदृढ तुल्याउने, पारस्परिक हित र चासोका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महत्वका विविध विषयमा विचारविमर्श भएको थियो ।
त्यसैगरी मन्त्री ज्ञवालीसँग बेलायतका विदेश राज्यमन्त्री अहमद विम्वल्डनले भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा मानवअधिकार परिषद्का विषयवस्तु र प्राथमिकताबारे छलफल भएको थियो । परराष्ट्रमन्त्रीले मानवअधिकारप्रतिको नेपालको प्रतिबद्धताबारे परिषद् बैठकमा आज जानकारी दिनुहुनेछ भने मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिने कार्यक्रम रहेको उक्त नियोगले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य हो ।
सोमबार प्रारम्भ भएको उक्त बैठकलाई संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटरेस, परिषद्का अध्यक्ष क्लोए सेक, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिचेल बेचेलेटलगायतले सम्बोधन गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #नेपाली श्रमिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्