शोकमा विद्यालय बन्द
सल्यान–तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आज एक दिनलाई शोकमा बन्द गरिएको छ ।
कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाले आज विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै शोकमा एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो । आज यस क्षेत्रका निजी, सामुदायिक तथा प्राविधिक शिक्षालय बन्द भएका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #विद्यालय बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्