झापामा १०० भन्दा बढी कांग्रेस कार्यकर्ताले दिए राजीनामा
झापा । झापामा १०० भन्दा बढी कांग्रेस कार्यकर्ताले राजीनामा दिएका छन् । स्थानीय तह चुनावको टिकट बाँडफाँडको विषयलाई लिएर कांग्रेसमा असन्तुष्टि भएका कांग्रेस कार्यकर्ताहरुले राजीनामा दिएका हुन् । कार्यकर्ताको भावनाअनुसार टिकट वितरण नभएको भन्दै १०० जना भन्दा बढी नेता तथा कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका छन् ।
कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि दयानन्द गोस्वामीसहित सामूहिक राजीनामा दिएका हुन् । गोस्वामी कांग्रेस झापाका पूर्व जिल्ला सचिवसमेत हुन् । कार्यकर्ताको भावनाविपरीत गठबन्धन गरेकाले आफू पार्टीमा रहनुको कुनै तुक नरहेको गोस्वामीको भनाइ छ ।
नेपाली कांग्रेसबाट कन्काई नगरपालिकाको मेयरमा चर्चा भइरहेका शेरबहादुर थापाले पनि पार्टी परित्याग गरेका छन् । उनले पार्टीभन्दा व्यक्ति खराब भएको प्रतिक्रिया दिँदै पार्टी छाडेका हुन् । २०३७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय थापाले पार्टीमा लोभीपापीहरू हावी भएको टिप्पणी गरेका छन् ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्