भरतपुरमा कांग्रेस असन्तुष्ट पक्षबाट पूर्वसांसद पौडेल मेयरमा स्वतन्त्र उम्मेदवार
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस असन्तुष्ट पक्षको तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिने भएका छन् । असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आज भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् ।
असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि तालाबन्दी समेत गरेका थिए । स्वतन्त्र उमेदवारी घोषणा गर्ने कार्यक्रममा असन्तुष्ट कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङ भने सहभागी भएनन् ।
पूर्वसांसद पौडेलले महानगरको मेयरमा आकांक्षासमेत राखेका थिए । पौडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रिय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लोहनीले जानकारी दिए ।
उनलाई कांग्रेस महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्व सांसद भिमबहादुर श्रेष्ठले समर्थन गरेका थिए । मेयर उम्मेदवार बनेका नेता पौडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । उनले भोलि दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चौविसकोठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने बताए ।
महासमिति सदस्य खरलले असल र इमान्दार कार्यकर्ताले नेतृत्वको गलत निर्णयका विरुद्ध बोल्न सक्नुपर्ने बताइन् । कांग्रेस पार्टी बचाउनका लागि आफुलाई नेतृत्वले कारबाही गरेपनि गलत निर्णयलाई गलत नै भन्ने उनले प्रष्ट पारिन् ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्