सरकारले बढायो सार्वजनिक यातायातमा १५ प्रतिशत भाडा
काठमाडौं । सरकारले आइतबारदेखि एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म बढाएको छ ।
पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप भाडादर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
यातायात व्यवस्था विभागका अनुसार, यात्रुवाहक सवारीमा १०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको सहमतिका आधारमा आजैदेखि लागू हुने गरी दुई वा दुईभन्दा प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायात भाडादर समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।
पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको छ ।
विभागद्वारा जारी सूचनामा छोटो, मधयम र लामो दूरीका अन्तरप्रदेश रुटमा कायम गरिएको सार्वजनिक यातायातका भाडादर, रुटको नाम, दूरी, साविकको भाडादर र लागू गरिएको भाडादरको सूची समावेश गरिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #hot, #सार्वजनिक यातायात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्