काङ्ग्रेसका वरिष्ठ नेता पौडेल युरोप प्रस्थान
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उहाँ आज साँझ युरोप प्रस्थान गर्नुभएको हो ।
नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
नेता पौडेल यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्