रसुवामा सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर
धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पु¥याएपछि सवारी आवगमनमा अवरोध भएको छ ।
बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ सवारी साधनलाई आँशिक रुपमा सडक खोली डोजरको सहायताले आवतजावत गराइएको डिभिजन सडक कार्यालयका सुपरभाइजर किप्पा छिरिङ तामाङले जानकारी दिनुभयो ।
करीब १५ मिटर दूरीको पहिरो क्षेत्रबाट सहज रुपले सडक खुलाउन डोजरको सहायताले ढुङ्गा फुटाउने काम तीव्ररुपमा अगाडि बढिरेहको बताउँदै डोजर अप्रेटर निमा लामाले छेउको जग कमजोर भएकाले त्यसको कुनातर्फ सडक खोल्ने प्रयास गरिएको जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रुलाई समेत कठिनाई भएको छ । अहिले उनीहरु स्याफ्रुवेशीबाट हेलिकोप्टर चार्टर गरेर मानसरोवर कैलाश आवतजावत गर्न थालेको छ । आज मात्र चार वटा उडान भरेको श्री एयरले जनाएको छ ।
आँशिक रुपमा धुञ्चे क्षेत्रको पहिरो खोली पठाइएको मिनी ट्रक टिमुरेतर्फ जाँदै गर्दा आज अपराह्न टिमुरेको तातोपानी क्षेत्रमा आएको पहिरोमा परी त्यसमा सवार चार जना घाइते भएका छन् । घाइतेमध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #सडक अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्