मन्त्री महासेठद्वारा मुग्लिन–नारायणगढ सडकको स्थलगत निरीक्षण
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि उहाँले आज सो सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको हो ।
तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका मन्त्री महासेठले सो सडकखण्डको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि तत्काल उपयुक्त उपाय पहिल्याउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
पटकपटक सडकमा पहिरो खसेका कारण यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । मन्त्री महासेठले पहिरो नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने सबै उपायको खोजी गर्नसमेत सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #रघुवीर महासेठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्