चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
चितवन । नेपाल प्रहरीका (प्रहरी महानिरीक्षक) शैलेश थापा क्षेत्रीले आर्थिक अनियमितता गर्ने जोकोही भए पनि त्यस्ता प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा नछाड्ने बताइरहदा संगठनमा भने घुुुस लिने परम्पराले अझै पनि निरन्तरता पाइरहेको छ ।
गत, पौष २१ गते रातोमाटे चेकपोस्टबाट दुइ जना प्रहरी हवल्दार सहित एक जना प्रहरी जवान नगद पाँच सय रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेको १५ दिन नबित्दै चितवनमा तीन जना प्रहरी २ हजार १५० रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी हवल्दार लोक बहादुर धर्ती मगर, महिला प्रहरी जवान जमुना खड्का र वर्डा प्रहरी कार्यालय नारायणगढमा कायारर्त प्रहरी जवान पुर्ण रस्मी मगर रहेका छन् । उनीहरुलाइ रातभर हिरासतमा राखी आज बिहान मात्रै छाडिएको छ ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै, केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचै जनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक (प्रवक्ता) मिरा चाैधरीले बताइन् ।

यता, चितवन जिल्लामा पछिल्लो समय घुसको अखडाले निरन्तरता पाउँदै गएको छ । चितवनको प्रहरी प्रमुखको नेतृत्व असक्ष्म्ताका कारणले नै घुस आतंकले निरन्तरता पाउदै गएको हो । केही दिन अगाडि मात्रै जिल्ला प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका बिश्वासपात्र तीन जना घुमुवा प्रहरी हेड्क्वाटर नै तानिए । उनीहरुमाथी अहिले छानबिन प्रक्रिया चलिरहेको छ ।
अनुसन्धानको सिलसिलामा रहेको टोलीलाइ गृहको आदेशले हेड्क्वाटर तानेर छानबिन थालेको हो । हिजो मंगलबार पुनः एकैपटक तीन जना प्रहरी घुस सहित प्रदेशको फन्दामा पर्नुले पनि चितवनमा पुलिसिङ्को अवस्था कस्तो छ र जिल्लाको नेतृत्वले कसरी आफ्नु जिम्मेवारी सम्हालिरहेका छन् भने यस्ले थप पुष्टि गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष
ट्याग : #breaking, #चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्