‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पु¥याएको क्षति र भूकम्पमा परी बाँच्न सफल व्यक्तिसम्बन्धी बनाइएको बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई अमेरिकामा पुरस्कृत गरिएको छ ।
अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले हालै बृत्तचित्रका निर्देशक गणेश पाण्डेलाई सम्मान गरेको हो । नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अवार्ड जितेको भन्दै निर्देशक पाण्डेलाई सम्मान गरिएको न्यू जर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ ।
न्यूजर्सी सिटीकी सल्लाहकार डा विष्णुमाया परियारले न्यूयोर्कमा आयोजित ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा युएस नेपाल डटकमका सम्पादक प्रदीप थापा मगर र युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा रहेका नेपालीलाई ‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्रले विदेशमा रहेका नेपालीलाई निकै भावुक बनाएको बताउनुभयो ।
विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको बताइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #भाग्यले बाँचेकाहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्