प्रचण्डका घरबेटीलाई दुई अर्ब बढीको रासायनिक मल किन्न सरकारी ठेक्का
काठमाडाैं, २४ असार । समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका संचालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैंंयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।
अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ ।
समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुने भन्दै किसान चिन्तित छन् ।
शैलुक कन्स्ट्रसनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमीटेडबीच केही समय अघि साँढे पाँच लाख क्विन्टल(५५ हजार टन) रासायनिक मल खरिद सम्झौदा भएको छ ।
शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैंयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामाग्री कम्पनीले जनाएको छ । नागरिक दैनिकले खबर छापेकाे छ ।
क्याटेगोरी : विशेष
ट्याग : #प्रचण्डका घरबेटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्