साङ्गलामा संचारकर्मी राजन नेपालको पहलमा गरिवको घर निर्माण
काठमाडौ । काठमाडौको तारकेश्वरमा संचारकर्मीको पहलमा गरिवका लागि घर निर्माण भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा स्थनीय दुखी माइला श्रेष्ठलाई बस्ने घर निर्माण गरिएको हो ।
सोही नगरपालीका वडा नं १ ढकालचौर बस्ने संचारकर्मी एवं समाजसेवी राजन नेपालको पहलमा सो आवास गृह निर्माण भएको हो ।
आर.एन बुलन्द मिडियाका अध्यक्ष समेत रहेका राजन नेपालले लक डाउनको समयमा समस्यामा परेका व्यक्तिहरूलाई राहत बाँड्ने क्रममा माइला श्रेष्ठको घरमा पुगेको र उहाँको दयनीय अवस्था देख्दा उनको घर बनाउने अठोट गरेको उनी बताउछन ।
यही लक डाउन को समय बीचमै अभियान चलाएर, घर निर्माण गरेर शनिबार माइला श्रेष्ठ घर हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण समारोहका प्रमुख अतिथिका रुपमा नागरिक समूहका अध्यक्ष तथा बुलन्द आवाजका संरक्षक निगम हुमागाँई , बिशेष अतिथिका रुपमा किसान अभियान्ता एवं बुलन्द आवाजका सल्लाहकार संयोजक उद्धव अधिकारी , नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल , कलाकार तथा समता स्कुलका प्राचार्य अजय अधिकारी , स्थानिय जनप्रतिनिधिकाहरु अतिथिका रुपमा उपस्थित रहेका थिए ।
संचारकर्मी नेपालेको अगुवाईमा बिभिन्न दाताहरुसंग सहयोग उठाएर करिव ३,३७,५९५ रुपैयामा माइला श्रेष्ठको घर निर्माण सम्पन्न भएको छ ।
आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका माइला श्रेष्ठले संचार कर्मी नेपाललाई भगवान् बनेर प्रकट भएको उनी बताउछन । वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका श्रेष्ठ सुविधायुक्त घरमा बस्न पाउनेभए पछि खुशी प्रकट गरेका छन ।


माइला श्रेष्ठको पुरानो घर
क्याटेगोरी : विशेष
ट्याग : #राजन नेपाल, #साङ्गला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्