फुटुङ्गका गर्भवती र सुत्केरीलाइ क्याप्टेन विजय लामाद्धारा न्यानो सामग्री प्रदान (फोटोफिचर)
तारकेश्वर काठमाडौं । लकडाउनबाट प्रभावित तारकेश्वर नगरपालिका वडा नं ७ फुटुगका गर्भवती र सुत्केरी महिलाहरुका लागि न्यानो राहत सामग्री वितरण गरिएको छ । उक्त न्यानो सामग्री फुटुग स्वास्थ केन्द्रबाट गर्भवती स्वास्थ्य सेवा लिइरहेका ७५ जना महिलाहरुलाई फुड फर लाइफ नेपाल र न्यानोपन नामक संस्थाले प्रदान गरेका हुन् ।
उक्त संस्थाका क्याप्टेन विजय लामा र अपरा थापा भट्राई एवं तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले सो न्यानो सामग्री वितरण गर्नु भएको हो । न्यानो सामग्रीमा आँटा, मस्यौरा, घिउ, दाल, सावुन, स्यानीटरी न्यापकिन लगायतका सामग्रीहरु छन् । गर्भवती र सुत्केरी महिलाहरुलाई अहिलेको अवस्थामा थोरै भए पनि राहत मिलोस् भनेर न्यानो सामग्री सहयोग गरेका हौ,ं उहाँले भन्नुभयो । क्याप्टेन विजय लामा सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ ।
संचारकर्मी श्रीराम फुटुंगेको पहल र समन्वयमा सम्पन्न न्यानो सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष सानुकाजी खत्री पनि सहभागी हुनुभयो । वितरणमा स्वास्थ्यका कारण उपस्थिति हुन नसकेका केही गर्भवती र सुत्केरी महिलाहरुलाई स्वास्थ्य चौकीले महिला स्वास्थ्य सेविकामार्फत उहाँहरु समक्ष पुर्याउने जनाएको छ । सो अवसरमा स्वास्थ्य चौकीका कर्मचारीहरुले कुशलतापूर्वक गरेको वितरण व्यवस्थाप्रति क्याप्टेन लामाले धन्यवाद दिनुभयो ।
पाँच वर्षअघि स्थापित फुड फर लाइफ नेपालले २१ वटा सामुदायिक विद्यालयका करिव ६ हजार विद्यार्थीहरुलाई हरेक दिन दिवा खाजासमेत खुवाउँदै आएको छ । लकडाउन सुरु भएदेखि करिव १५० प्रभावित महिलालाई न्यानो सामग्रीहरु प्रदान गरिसकेको संस्थाले मजदुर, असहाय एवं एचआइभी संक्रमितहरुलाई पनि खाद्यान्न राहत सहयोग गर्दै आएको संस्थाकी अपरेशन डाइरेक्टर अपरा थापा भट्टाइले जानकारी दिनुभयो ।
हेर्नुहोस तस्विरमा







तस्विरहरु : संयोग के.सी
क्याटेगोरी : विशेष
ट्याग : #फुटुङ्गका गर्भवती र सुत्केरी, #विजय लामा, #सामग्री प्रदान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्