कांग्रेस महामन्त्री विश्वप्रकाशलाई गठबन्धनको ‘भर’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले सामाजिक सन्जाल मार्फत आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
उनले ०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । केही समय अघिसम्म शर्मा काठमाडौ ५ मा चुनाव प्रचारमा लागिसकेका थिए । तर, गठबन्धन हुने भएपछि आफ्नो जित सुनिश्चित हुने संकेत पाएसँगै उनले अघिल्लो निर्वाचनमा हारेकै ठाउँबाट उम्मेदवार हुने घोषणा गरेका हुन् ।
‘फेरि प्रस्ट्याऊँ। वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो। काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न’, शर्माले ट्वीटरमा लेखेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्