Techie IT
आईतबार, साउन ३१,२०८३

एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रुपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूलन गराउने क्षमता बढाउनुपर्ने बताए ।

विशेष गरी १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उनले यसको समाधानका लागि खुला संवाद, रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राखे । आफू मन्त्री रहँदा पनि युवा केन्द्रीत कार्यक्रममा जोड दिएको उनको भनाइ छ ।


क्याटेगोरी : विचार/बहस, समाचार
ट्याग : #एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्