Techie IT
बिहीबार, साउन २८,२०८३

राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) पनि बस्दैछ ।

बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुनेछ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रिय सभाको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्