विभिन्न समसामयिक विषयहरूमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठक सुरु हुनासाथ सांसदहरुले वर्षा र खेतीपातीको समयमा किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, विद्यालयमा पठनपाठन सुरु भइसकेको ३ महिना बितिसक्दा पनि देशका कतिपय स्थानमा अझै पनि पाठ्यपुस्तक पुग्न नसकेकोमा सरकारको ध्यानकृष्ट गराउनुभयो ।
सांसदहरुले नेपाली मुद्राको अवमूल्यन हुँदै गएको र जनता महँगीको मारमा परिरहेकाले गरिब तथा विपन्नलाई राहतका कार्यक्रम दिनुपर्ने र विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेर जनतालाई राहत दिन सकिने भएकाले त्यसतर्फ सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले अमेरिकी सेनाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरिसकेको भएपनि अमेरिकालाई पत्र किन नपठाइएको भनी प्रश्न उठाउनुभयो ।
यस्तै, बैठकमा सांसदहरुले महँगीको मारमा परेका श्रमिक मजदुरको ज्याला बढाउन, बाढी पहिरो प्रभावितहरूको राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसरी सरकारको ध्यानाकर्षण गराउने सांसदहरूमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तथा सांसदहरु प्रदीपकुमार ज्ञवाली, महेश बस्नेत, देब गुरुङ, रंगमती शाही भानुभक्त ढकाललगायत रहनुभएको छ ।
प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।
आजको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गरिने कार्यसूचीमा छ ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठन भएको संसदीय छानविन विशेष समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने लगायतका कार्यसूची रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा, #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्