काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार बिहानै आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ ।
बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार र जगत बजारमा ठूलो क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यहाँका स्थानीयलाई सचेत गराउन एसएमएस सेवा जारी राखिएको छ ।
नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।






तपाईको कमेन्ट लेख्नुहोस्