कांग्रेसको नेतृत्व चयनका लागि मतदानको तयारी, सभापितमा गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहानैदेखि मतदानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ। पार्टीको नयाँ सभापति चयनका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुँदैछ।
यसअघि सभापतिका लागि उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्कीबीच सभापति पदमा प्रतिस्पर्धा हुन लागेको हो।
निर्वाचन समितिका अनुसार मतदानका लागि आवश्यक तयारी पूरा गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो प्रदेश तथा समूहका लागि तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न व्यवस्था मिलाइएको छ। मतदानअघि प्रतिनिधिहरूको परिचयपत्र र मतदाता सूचीमा नाम रुजु गरिनेछ।
यस महाधिवेशनबाट पार्टीको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत केन्द्रीय कार्यसमितिका सदस्यहरू चयन हुनेछन्। नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानले आगामी दिनमा पार्टीको संगठनात्मक दिशा र नेतृत्व निर्धारण गर्नेछ।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको १५औँ महाधिवेशन ः नेतृत्व चयनका लागि मतदानको तयारी, #सभापितमा गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्