Techie IT
सोमबार, वैशाख ३१,२०८१

इलाम २ : मतान्तर घटाउँदै सुहाङ, फाकफोकथुमका दुई वडाको गणना सकियो


एमालेका सुहाङ नेम्वाङले १०६३ मतका साथ पछ्याइरहेका छन् । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि छन् । यी दुवै वडा कांग्रेसले जितेका हुन् ।

तर, २ नम्बर वडामा सुहाङले कांग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो । सो वडाबाट एमालेले ५२९,कांग्रेसले ४८८, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १२४ र रास्वपाका मिलन लिम्बुले ९४ मत पाएका छन् ।

दुवै वडाको मत गणना सकिदा कांग्रेस ११४५,एमाले १०६३, मुडा ३११ र घण्टीले २०९ मत पाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #इलाम २ : मतान्तर घटाउँदै सुहाङ


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
19°
Fair
5:14 am6:45 pm +0545