टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
काठमाडौं टोखाकोृ मालुङ्ग प्लटीङ्गमा नवजात शिशु फेला परेको छ । कपडामा पोको पारेर बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाइ स्थानीयले फेला पारेका छन्।
करिव पाँच महिनाको शिशु मृत अवस्थामा फेला परेको हो । कुर्थामा पोको पारेर झोलामा ल्याई मालुङ्ग साङ्गला सडको प्लटीङ्गमा फेला परेको हो ।
बच्चा कसले ल्याएर फालेको हो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धन चलिरहेको महाराजगंज प्रहरीले जनाएको छ ।
नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशंका गरिएको छ।

क्याटेगोरी : समाचार






तपाईको कमेन्ट लेख्नुहोस्