Techie IT
शनिबार, भदौ २२,२०८१

चित्लाङ्गमा पर्यटक बढे : थानकोट चित्लाङ सडक स्तोरउन्नती भएसंगै पर्यटकको बाक्लो चहलपहल


चित्लाङ ।पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङ गाउँमा आन्तरिक एवं बाह्य पर्यटक बढेका छन ।

प्राकृतिक दृश्य एवं ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिभराउ मकवानपुरको थाहा नगरपालिका चित्लाङमा अवस्थीत चित्लाङ रिसोर्ट लगायतका स्थानिय रिसोर्टहरुमा पर्यटक भरीभराउ भएका चित्लाङ रिसोर्टका संचालक दिपक नेपालले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले केहि वर्षअघि चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको थियो । विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको संगम रहेको चित्लाङमा अशोक सम्राट्ले निर्माण गरेको अशोक चैत्य रहेको छ । चैत्यको अवलोकन गर्न चीन, तिब्बत लगायत विभिन्न मुलुकका बौद्धमार्गीसमेत आउने गरेका छन् ।

थानकोटबाट १२ किलोमिटरको दूरीमा रहेको चित्लाङमा धेरै होमस्टे छन् । स्वच्छ र चिसो हावापानी रहेको चित्लाङमा फागुन महिनादेखि आन्तरिक एवं बाह्य पर्यटक आउने गर्छन् ।

पछिल्लो समय थानकोट चन्द्रागीरी , चित्लाङ् सडक एवं कुलेखाने सडक राम्रो भएसंगै चित्लाङ गाउँमा आन्तरिक एवं बाह्य पर्यटक बढेका छन ।

तस्विरमा हेर्नुहोस रमणिय चित्लाङ

 

 

 

 

 


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking, #चित्लाङ्गमा पर्यटक बढे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Fair
5:44 am6:17 pm +0545